गणित के हो ? यो किन आवस्यक छ?
गणित प्राकृतिक भाषा हो। यो भाषा मानिसले जन्मजात ग्रहण गर्दछ। गणितिय तथ्यहरु जस्तै Counting,
shape, symmetry, र position को प्रयोग बिना कुनै पनि भाषा ले काम गर्दैन। जस्तै, नेपाली, अंग्रेजी, चाईनिज, वा जापानिज जुनसुकै भाषाले पनि आफ्नो पद्दती अनुसार गणितको प्रयोग गर्नै पर्छ। उदाहरणको लागी, गणना गर्नै पर्छ, त्रिभुजाकर, अयाताकार, बेलनाकार जस्ता कुरा प्रयोग गर्नै पर्छ, मिलेको, नमिलेको, दायाँ, बायाँ जस्ता, symmetry, र position को प्रयोग गर्नै पर्छ।
मानिसका लागि गणित नभइनहुने विषय हो । साक्षरता मानिसको मौलिक अधिकार हो र Numeracy, Quantitative Literacy, Mathematical Literacy लाई साक्षारतामा प्रयोग गरिन थालिएको छ । विद्यालयहरूमा पढाइने पाठ्यक्रममा यसको स्थान विशेष रूपमा राखिएको छ । यसैबाट पनि यस विषयको महत्व कति छ भन्ने कुरा प्रस्ट हुन्छ ।
मानिसका लागि गणित नभइनहुने विषय हो । साक्षरता मानिसको मौलिक अधिकार हो र Numeracy, Quantitative Literacy, Mathematical Literacy लाई साक्षारतामा प्रयोग गरिन थालिएको छ । विद्यालयहरूमा पढाइने पाठ्यक्रममा यसको स्थान विशेष रूपमा राखिएको छ । यसैबाट पनि यस विषयको महत्व कति छ भन्ने कुरा प्रस्ट हुन्छ ।
विज्ञानको भाषा पनि गणित हो । गणित बिना विज्ञानले काम गर्न सक्दैन। कुनै पनि वैज्ञानिकले तथ्यहरुलाई लेख्दा, खोज अनुसन्धान गर्दा, र ब्यक्त गर्दा सामेल हुने भाषा भनेको गणित नै हो । तसर्थ गणित बिना Scientific innovation सम्भव छैन।
प्रविधिको भाषा पनि गणित नै हो । कुनै एक प्राविधिकले आफ्ना केही कुरा सोच्दा, बोल्दा, लेख्दा या programming गर्दा सामल हुने भाषा भनेको नै गणित हो । यस को प्रयोग बिना high level
language (जस्तै java, php, python, R) होस वा machine level language (binary digits) होस वा अन्य कुनै programming
language कसैले पनि काम गर्दैन। तसर्थ, गणितको प्रयोग बिना प्रबिधिमापनि innovation सम्भव छैन ।
विज्ञान र प्रविधि जस्तै अन्य सबै ज्ञानको अनुसन्धान को भाषा पनि गणित नै हो । नेपाली, अंग्रजी, फिजिक्स, केमिस्ट्री, बायोलोजी, इञ्जिनियरिङ, व्यवस्थापन, अर्थशास्त्र जस्ता सबै विषयको अनुसन्धान र त्यसको ब्याख्याको भाषा गणित हो । गणितको अन्तरसम्बन्ध र प्रयोग बिना यि सबै बिषयको अनुसन्धान अपुरो हुन्छ।
तसर्थ, विज्ञान र प्रविधिका अहिलेका युगमा गणित को कमजोर वा अपुरो ज्ञान भएको विद्यार्थीले चाहेर पनि भविष्यमा नया नया innovation गर्न सक्दैन। सबै बिषयका (फिजिक्स, केमिस्ट्री, बायोलोजी, इञ्जिनियरिङ, व्यवस्थापन, अर्थशास्त्र आदी) विद्यार्थीले चाहेर पनि भविष्यमा आफ्नो बिषयमा अनुसन्धान मार्फत नया ज्ञान उत्पादन गर्न सक्दैन ।
त्यसैले, बालबलीकको भबिष्यको लागी गणितको समयानुकुल शिक्षण हुनु जरुरी छ। आजका बालबलीकको भबिष्य नै भोलिको देशको भविष्य हो । तसर्थ तिनिहरुको स्तरीय शिक्षाको लागि गणित लाई meaningful बनाउनु पर्छ ।
गणित किन सबैको हाउगुजी छ त?
गणित सबै
भन्दा महत्वपुर्ण
बिषय हुदाहुदै
पनि, यो
सबैको रोजाई
को बिषय छैन।
यसो हुनुमा
गणितकै बिज्ञहरुको
(जसले पाठ्यक्रम
बनाउनुहुन्छ) सबै
भन्दा ठुलो
कमजोरी छ।
गणितको पाठयक्रम
isolated content हरुले loaded
छ। content हरुको बिचमा
integration छैन।
जस्तै,
similarity को अध्य्यापन
गराउदा अन्य
थुप्रै content हरुलाई
(ratio, proportion, scale, height and distance, parallelism, variation,
transformation आदी) पनि
meaningfully अध्य्यापन
गराउन सकिन्छ
। तर हाम्रोमा यि
content हरुलाई isolated
र fragmented रुपमा कण्ठ
गर्ने गरि
मात्र अध्य्यापन
गराईन्छ।
दोस्रो, गणितको
हाउगुजीमा शिक्षकहरुको
पनि कमजोरी
छ। हाम्रोमा गणित
शिक्षण जिवनमा
नभै किताबमा
मात्र सिमित
छ। प्राय सबै
गणितहरु किताबबाट
मात्र सुरु
हुन्छ र
किताबमै सकिन्छ।
किताबको गणीत
घर, गाऊ वा
शहर वरिपरि
खोज्ने प्रयास
छैन/गरिदैन, साथै
व्यावहारिक पनि
कम छ । दैनिक जीवनयापनका
बस्तु र
घटना सँग
मेलखाने गरि
गणितिय बिषयबस्तुलाई
कक्षाकोठामा शुरु
गरेको देखिदैन।
जस्तै,
Grade
I, counting, addition and subtraction को
अध्यापन गराउदा
तलको जस्तो
प्रश्नबाट गणित
शुरु गर्न
सकिन्छ।
१. तिम्रो
घरमा आज
बेलुका बुबाले
कतिवटा रोटी
खानुहुन्छ? गनेर
आउ? (counting)
Next
day,
२. तिम्रो
घरमा आज
बेलुका बुबा
ले कति वटा,
दादा ले
कतिवटा र
दुबैले गरेर
जम्मा कतिवटा
रोटी खानुभयो?
गनेर आउ?
(addition)
Next
day,
३. तिम्रो
घरमा आज
बेलुका आमाले
कतिवटा रोटी
पकाउनुभयो? बुबा
ले र दादा ले
खाएको बाहेक
कतिवटा रोटी
बाकी भयो?
गनेर आउ?
(subtraction)
Grade
VIII, ratio and proportion को अध्यापन
गराउदा तलको
जस्तो प्रश्नबाट
गणित शुरु
गर्न सकिन्छ।
There
are about 3 crore people in Nepal. About how many school-teachers are there?
यस प्रकारको प्रश्नले बिद्यार्थीमा सृजनात्मक तर्क गर्न सक्ने बानीको बिकास गर्दछ । यसमा बिद्यार्थीले तलको जस्तो उतर (वा यस्तै अन्य) दिन सक्ने पनि हुन सक्छ।
यस प्रकारको प्रश्नले बिद्यार्थीमा सृजनात्मक तर्क गर्न सक्ने बानीको बिकास गर्दछ । यसमा बिद्यार्थीले तलको जस्तो उतर (वा यस्तै अन्य) दिन सक्ने पनि हुन सक्छ।
Identifying significant variables and making assumptions | ||
Size of population | p | 3,00,00,000 |
How long do you go to school | t | 12 years |
Average lifespan | n | 80 years |
Size of class | c | 25 |
Derive relationships and facts | ||
Fraction of population at school | t/n | 1 //7 |
School population | p*(t/n) | 45,00,000 |
Number of teachers | p*(t/n)/25 | 1,70,000 |
Grade
X, mensuration मा cone को volume
सम्बन्धी अध्यापन
गराउदा तलको
जस्तो प्रश्नबाट
गणित शुरु
गर्न सकिन्छ।
त्यसैले गणितमा को विषयवस्तुमा परिवर्तन गरी जिवन र व्यवहार सँग गणितलाई जोड्न जरुरी छ। गणितिय बिषयबस्तुको शिक्षणमा प्रबिधिको प्रयोग गरि “गणित, जिवन र प्रयोग” को सिन्दान्त अनुरुप पाठ्यक्रम अध्यावधिक गर्न जरुरी छ। यसै अनुरुपको शिक्षणको लागी शिक्षक तालिम पनि जरुरी छ।
वास्तवमा गणित वीनाको जिवन कल्पना पनि गर्न सकिदैन । तसर्थ, गणितलाई कसरी प्रयोगिक विषय बनाउने, यसलई कसरी जिबन सँग जोडने, यसलाई कसरी सबैको रुचीको बिषय बनाउने, त्यतातिर सबैले (राज्य, बिज्ञ, र शिक्षक) सोच्न जरुरी छ ।
No comments:
Post a Comment