Mathematica


Mathematica एउटा प्रोग्रामिंग सफ्टवेयर हो, यो एक CUI (Character User Interface क्यारेक्टर यूजर इन्टरफेस) मा आधारित प्रोग्रामिङ सफ्टवेयर हो, जसले गणित शिक्षाको लागि डिजिटल यन्त्र को रुपमा काम गर्छ। यसले गणितीय तथ्यलाई गणना गर्न र दृश्यमा देखाउन मद्दत गर्दछ। यो सफ्टवेयर सिक्नको लागी सकेसम्म धेरै उदाहरणहरू र समस्याहरू समाधानको प्रयास गर्नु पर्छ। Mathematica मा कम्प्युटेशनल इन्जिनको भन्ने कर्नेल हुन्छ जसले पृष्ठभूमिमा काम गर्दछ। हामिले इनपुट मार्फत दिएको निर्देशनहरूले कर्नेलसँग काम गर्दछ जवाफको रुपमा र संख्याहरू, ग्राफहरू, म्याट्रिक्सहरू, र अन्य गणितिय तथ्यहरुको प्रदर्शन गर्दछ् । जब हामीले Mathematica सफ्टवेयर खोल्छौं, हामी इनपुट स्क्रिन देख्छौ र यो स्क्रिनलाई नोटबुक भनिन्छ। यो नोटबुक प्रयोगकर्ता र कर्नेल बीचको इन्टरफेस हो। यसलाई फ्रन्ट एन्ड पनि भनिन्छ।

Mathematica Wolfram Language मा लेखिएको प्रोग्रामिंग सफ्टवेयर हो। Wolfram Language एउटा कम्प्युटर भाषा हो। कम्प्युटरमा धेरै भाषाहरू छन्, जस्तै C++, Java, Python र JavaScript। त्यस्तै Wolfram Language पनि ज्ञानमा आधारित एउटा भाषा हो जसले चाहेको कुरा वर्णन गर्न र प्रोग्रामिंग लाऐ सकेसम्म सजिलो बनाउने प्रयास गरेको छ। Wolfram Language प्रयोग गरेर कम्प्युटरमा कसरी communication गर्ने भनेर सिक्न सकिने छ। Wolfram Language को प्रयोग गरेर गणितिय तथ्यहरुलाई दृश्य, पाठ्य, वा अन्तरक्रियात्मक वस्तु बनाउन सक्नुहुन्छ , प्रोग्रामहरू लेख्न Wolfram Language कसरी प्रयोग गर्ने भनेर सिक्नुहुनेछ।

Wolfram Language इनपुट प्रविष्ट गरेपछि, सामान्यतया Shift+Enter वा Shift+Return key थिच्नुपर्छ यसपछि, तुरुन्तै यसको आउटपुट गणना हुन्छ।

Day 1 # Mathematica

Resources👉 Click Here

Day 2 # Mathematica

Resources👉 Click Here

Day 3 # Mathematica

Resources👉 Click Here

Day 4 # 2D and 3D Graphics in Mathematica

Resources👉 Click Here

Day 5 # Probability and Statistics in Mathematica

Resources👉 Click Here

No comments:

Post a Comment